भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा मंगलबार कालेबुङस्थित पार्टी कार्यालयमा रक्तदान शिविर आयोजना गऱ्यो।
कार्यक्रममा जिल्ला युवा शक्ति अध्यक्ष तथा सभासद दावा तेन्जी शेर्पा, सचिव इमानुएल चामलिङ, जिल्ला समिति अध्यक्ष बिनय घिसिङसहित पार्टीका सभासदगण, विद्यार्थी मोर्चाका पदाधिकारी तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस रक्तदान शिविरमा धेरै युवाहरूले रक्तदान गरेका थिए।
Leave a Comment